सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महाेत्तरी । प्रदेश नम्बर २ काे सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बलिदानी दिवसकाे अवसरमा प्रदेशभर बिदा दिइएकाे मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएकाे छ ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूकाे सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।
बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएकाे छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा