सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सेञ्चुरी कमर्सियल बैंकले ९ औँ र १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको सभाले आ.व. २०७५/७६ मा ६.७५ प्रतिशत र आ.व.२०७६/७७ मा ७.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।
यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा