सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसको महामारीको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दुरी कायम गर्ने ब्यबस्था मिलाईएको छ । परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने ब्यबस्था मिलाईएको र मास्क अनिवार्य गरिएको बताइएको छ ।
यसैगरी एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने व्यवस्था गरिएको छ । कुनै परीक्षार्थी कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने ब्यबस्था गरिएको छ । परीक्षा हल आधाघण्टा अघिदेखि खुल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गरी ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए।
जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा मात्र कायम गरिएको बोर्डले जनाएको छ। कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा गरिएको यो पहिलो परीक्षा भएको अध्यक्ष पैडेलले बताए।
‘प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्ने व्यवस्था गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र केन्द्राध्यक्षको इमेलमा पठाइने बोर्डको निर्णय हो।’ उनले थपे, ‘परीक्षार्थीका अभिभावक र मिडियालई केन्द्रवरिपरि भिडभाडका लागि निषेध गरिएको छ। परीक्षामा अनियमित तथा अमर्यादिन कार्य गर्नेलाई एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै गरिने व्यवस्था गरिएको छ।
कात्तिक २ गते बसेको बोर्ड बैठकले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणिकीकरण कार्यविधि २०७७ पारित गरेको थियो। परीक्षा सोही कार्यविधिअनुसार हुने तय गरिएको प्रवक्ता अर्यालले जनाए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा