सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका रानालाई लागुऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
नगदसहित २९ जुवाडे पक्राउ
कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु दुई लाख ५१ हजार ४०० सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । उनीहरुको साथबाट आठ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा