सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ४ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँ बढेर १३२० कायम गरिएको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा