सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वमा यस्ता कैयौ टापु छन्, जुन आफैमा विशेष छन् । एउटा यस्तै टापु फ्रान्स र स्पेनको बिचमा छ, जसले हरेक ६ महिनामा आफनो देश बदलिने गर्दछ । यसको मतलब यो हो कि यो टापुमा फ्रान्स र स्पेन दुबै देशले कब्जा जमाएका छन र दुबै देश ६–६ महिना यो द्धिपमा राज गर्ने गर्दछन् ।
यो आइसल्याण्डको नाम हो फिजान्ट द्धिप, जसलाई फ्रेन्च र स्पेनिशमा फैसन्स द्धीप भनिन्छ । सबैभन्दा विशेष कुरा के हो भने यो आइसल्याण्डलाई लिएर फ्रान्स र स्पेनबिच कुनै पनि मनमुटाव छैन । दुबै देश आफुखुशी यो द्धीपलाई दिने–लिने गर्दछन्, जुन ३५० बर्षदेखी चल्दै आएको छ ।
यो आइसल्याण्ड १ फेब्रुवरीदेखी ३१ जुलाईसम्म स्पेनसँग रहन्छ, भने बाँकीको ६ महिना यानी १ अगस्ट १ देखी ३१ जनवरीसम्म फ्रान्ससँग रहनेछ । यो आइसल्याण्ड स्पेन र फ्रान्सलाई छुट्याउने नदि बिदासोको बिचमा छ ।
हालमा यो एउटा शान्त द्धीपको रुपमा रहेको छ, तर एकसमय थियो जब यसको लागी फ्रान्स र स्पेनको बिच धेरै लडाई भएको थियो । यद्यपी, फेरी ३ महिनासम्म भएको वार्ता पछि सन १६५९ मा दुबै देश बिच एउटा सन्धि भयो । यही दौरान शान्ति सम्झौतामा हस्ताक्षर पनि भयो, जसलाई पाइनीसको सन्धि भनिन्छ । त्यही समय यो क्षेत्रलाई दुबै देशमा बाडियो र सिमाना तय गरीयो । यो सन्धि शाही विवाहसँग पुरा गरीयो, जसमा फ्रान्सका राजा लुईस १९ औ ले स्पेनका राजा फिलिप ४ औ की छोरीसँग विवाह गरे ।
यो द्धीप धेरै नै छोटो छ, जसको लम्बाई केबल २०० मिटर र चौडाई ४० मिटर छ । बीबीसीको अनुसार, यो द्धीप भएर बग्ने नदिको किनारा हरेक १०० मिटरमा दोस्रो तर्फबाट मानिसहरुलाई आउनबाट रोक्नको लागी चौकीदार खडा गरीन्थ्यो । यद्यपी, पानीको तेज प्रवाह र सुरक्षित राख्नको लागी भईरहेको लापरवाहीका कारण यो द्धीपको करीब आधाभन्दा बढि हिस्सा हराइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा