सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । प्रदेश ५ सरकारले १३औं दक्षिण एशियाली खेलकुद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई सम्मान स्वरुप एक लाख दिने निर्णय गरेको हो ।
सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री लिला गिरीले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा