सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्याङ्ग्वेज ईन्सिच्युटका संचालक काठमाडौं नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामा रहेका छन् ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा