सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २७ । उपाय सर्भिसेस लिमिटेड र एन आई सी एशिया बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंक र सर्भिसेस लिमिटेडबीच उपायले दिने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झैता भएको हो ।
उपायले प्रदान गर्ने सेवाहरुमा एन आई सी एशिसा बैंकका ग्राहकहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने दुई पक्ष भएको सम्झौतामा उल्लेख गरिएको छ ।
बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा प्रवद्र्घित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म उपाय सर्भिसेज लिमिटेड हो ।
उपाय सर्भिसेज लिमिटेड कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय तरिकाले पुरा गर्न मद्दत गर्ने गर्दछ ।
नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार पार्ने जस्ता सुविधाहरु कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले प्राप्त गर्न सक्छन्।
यसैक्रममा, कम्पनीले बैंकका कर्मचारी तथा ग्राहकहरुको सिप, क्षमता र दक्षता अभिवृद्धिका लागि एन एफ आर एसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौतापत्र उल्लेख गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा