सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट/ काठमाण्डौँ, साउन २६ । सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जना मात्रै विशेषज्ञ डाक्टरको पदस्थापन हुने सुँची प्रकाशन भएको छ।
प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा ११ औँ तहका ३, १० औँ तहका चार र नवौँ तहका ४ जना गरि ११ जना विशेषज्ञ डाक्टर सरकारी दरबन्दीमा कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले समायोजनपछि पदस्थापन गरेसंगै अव तीन जना विशेषज्ञ डाक्टर मात्रै सेती अस्पतालमा बाँकी रहेका छन्।
अस्पताका अनुसार ११ औँ तहका डाक्टर हेमराज पाण्डेय, १० औँ तहका डा. खगेन्द्र भट्ट र नवौँ तहका डा.जगदिश जोशीले प्रदेश रोजेका कारण उनीहरु प्रदेशकै अस्पतालमै रहनेछन् भने भदौँमा सेवा निवृत्त हुने डा. बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको छ।
चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले डाक्टरहरुको अभावमा सेती अस्पतालमा पनि वार्डहरु नै बन्द हुने अवस्था आईसकेको बताए।
करारमा अस्पतालमा कार्यरत ११ औँ तहका डा. अशोक श्रीपाईली, १० औँ तहका डा. शेरवहादुर कमर, नवौँ तहका डा. दिनेश सिवाकोटी, नवौँ तहका डा. होमप्रशाद पन्त र नवौँ तहका डा. सुरेन्द्र बस्नेतको भेरी अस्पतालमा पदस्थापन भएका छन् भने १० औँ तहका डा. कपिल गौतमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. प्रमोद जोशीको कान्ती बाल अस्पतालमा पदस्थापन भएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा