सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, साउन ४ । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सो कार्यक्रममा उनले भने, ‘सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति गरेर अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादीका नेताहरुबीच पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन’। उनले अर्को प्रसंगमा भने, ‘सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ।’
तर, अहिले नै सरकारमा आलोपालो गर्ने समय नआएको पौडेलले बताए । उनले सरकार विवादमा फसेको स्वीकार्दै निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल र विषादी प्रकरणमा सरकार परिपक्वता नदेखिएको बताए।
ओलीपछिको नेता पुष्पकमल दाहाल प्रचण्ड नै भएको उनले दावी गरे । नेकपा पार्टीको विचार के हो ? भन्ने जिज्ञासामा जनताको जनवाद नै अबको साझा विचार भएको पौडेलले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा