सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / दाङ, असार १० । दाङमा मंगलबार साँझ ६ बजेपछि परेको चट्याङ लागेर तीन जना बालकको ज्यान गएको छ भने एक बालक घाइते भएका छन ।
जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित मौरिघाट माध्यामिक विद्यालय नजिकैको जमुनाको रुखमा जमुना टिप्न भनी तीनै जना बालकहरु चढेका थिए । सोही क्रममा रुखमा चट्याङ पर्दा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ३ मौरिघाट बस्ने ११ बर्षिय रमीत चौधरी, बिनास चौधरी र १३ बर्षिय साजन चौधरी रहेका छन भने सोही ठाउँका ८ बर्षिय अबिनाश चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा