सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका महानायक अमिताभ बच्चनको ट्विटर ह्याण्डल सोमबार ह्याक भएको छ । ह्याकर्शले उनको ट्विटर ह्याण्डल प्रोफाइल फोटो बदलेर पाकिस्तानी प्रधानमन्त्रि इमरान खानको तस्विर हालेको छ । यसको साथै ह्याकर्शले बायो पनि बदलेको छ र त्यसमा लभ पाकिस्तान लेखिएको छ ।
अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक गरेपछि ह्याकरले लेखेका छन् ‘यो पुरै विश्वको लागी आवश्यक सन्देश हो । हामी टर्किश फुटबलर प्रति आइसल्याण्ड रिपब्लिकको रबैको निन्दा गर्दछौ । हामी मायाले कुरा गछौ तर हामी ठुलो लठ्ठी पनि राख्छौ ।”
ह्याकरले अगाडि लेखेको छ “हामी भन्न् चाहन्छौ कि एउटा ठुलो साइबर आक्रमण हुन गईरहेको छ ।” यसपछि ह्याकरले आफनो ठुलो लोगो शेयर गरेको छ । ह्याकरले अमिताभ बच्चनको बायो पनि बदलेको छ । ह्याकरले लेखेको छ ‘एक्टर, केही ब्यक्तिहरु अहिलेपनि यस्तो गर्छन । पाकिस्तानलाई धेरै धेरै माया ।’
यता, मुंबई प्रहरीले भने अमिताभ बच्चनको ट्विटर ह्याक गर्नेको पहिचान भईसकेको बताएको छ । हामी यो साइबर आक्रमणको जाँच गरीरहेका छौ र उनको अकाउन्ट फेरी स्थापी गर्ने कोशिश गरीरहेका छौ ।
अमिताभ बच्चन सोशल मिडियामा धेरै नै सक्रिय छन् । उनी प्राय ट्विटरद्धारा आफनो विचार मानिसहरुलाई शेयर गर्छन । ट्विटरमा उनको ३ करोड ७० लाख भन्दा बढि फलोअर्स छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा