सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको टिम इंडिया आफनो अभियानको शुरुवात बुधबार दक्षिण अफ्रिका विरुद्ध खेल्दैछ । अहिलेसम्म यो टुर्नामेन्टमा दक्षिण अफ्रिकाको प्रदर्शन निराशाजनक रहेको छ भने दुई पटक हारको सामना गर्नुृ परेको छ । यो बाट स्पष्ट हुन्छ कि टिमको मनोबल गिरोको छ ।
यता, टिम इंडियाको यो पहिलो म्याच हो र विराटको अगुवाईमा भारतीय टिम जीतसँगै आफनो शुरुवात गर्न चाहन्छ । यता, फाफ डु प्लेसिसको अगुवाईमा दक्षिण अफ्रिकी टिम लागेकोे दाग हटाउन म्याच खेल्न मैदानमा उत्रनेछ ।
दुई प्रतिस्पर्धा इङल्याण्ड र बंग्लादेश विरुद्ध पराजित भईसेकेको दक्षिण अफ्रिकी टिमको फिटनेस समस्या पनि गहिरो छ । तेज बलर डेल स्टेन विश्वकप बाट बाहिरिसकेका छन् । अन्य तेज बलर लुंगी नगिदी पनि मांसपेशिको समस्यामा छन् जबकि अनुभवी ब्याट्सम्यान हाशिम अमला अहिले पुर्ण रुपमा फिट हुने प्रक्रियामा छन् । वाबजुद पनि भारतले दक्षिण अफ्रिका जस्तो टिमलाई हल्का रुपमा लिएमा भुल हुन सक्नेछ ।
भारत र दक्षिण अफ्रिका बिच विश्व कपको आठौ म्याच खेल आज बुधबार दिउँसो ३ः१५ बाट शुरु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा