सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विद्यालयसित फेरि सम्झौता गरेको छ ।
त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो ।
उक्त विश्वविद्यालयले गत बुधबार काडमाडौँमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
यसलगतै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञचालन समझदारीपत्रमा हस्ताक्षर गरेको छ भने, त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्का कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा