सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १८ । लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ। प्रदेश २ ले लोकसेवाले लागेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ।
आयोगले बुधबार देशैभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा भर्ना खोलेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएको समाचार कान्तिपुर दैनिकमा छ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रेश लोकसेवा गठन तयारी भइरहेका बेला हतारहतार केन्द्रबाटै विज्ञापन गरिनु उचित नदेखिएको बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा