सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को पर्खाइ समाप्त भएको छ र चार बर्षपछि एक पटक फेरी त्यो दिन आएको छ जसलाई पुरै विश्वका क्रिकेट फ्यानहरुले ब्यग्रताका साथ पर्खिरहेका थिए । इङ्गल्याण्ड मा एक पटक फेरी १२ औ विश्वपको आयोजना गरिदैछ र यसको पहिलो म्याच ३० मे मा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिका बिच हुनेछ । पहिलो म्याच भन्दा ठिक एक दिन पहिला यो टुर्नामेन्टलाई रंगिन बनाइयो । यो समारोहभन्दा पहिला सबै टिमका कप्तानले इङ्गल्याण्ड की महारानी एलिजाबेथसँग भेटघाट गरे ।
यो ओपनिङ सेरेमनीको शुरुवातमा सबैभनदा पहिला सबै टिमका कप्तानलाई एक साथ स्टेजमा बोलाइयो । एकसाथ स्टेजमा उभिएर सबै टिमका कप्तानले विश्वकप लाई लिएर आफनो राय राखे । यो समारोहमा वेस्टइंडीज क्रिकेट टिमका पुर्व कप्तान सर विवियन रिचर्डस् पनि समावेश थिए ।
यो पटक विश्वकपको टुर्नामेन्टको उद्घाटन समारोह कुनै स्टेडियममा गरीएन । वल्र्ड कपको इतिहासमा यो पहिलो हो जब यो टुर्नामेन्टको उद्घाटन समारोह कुनै स्टेडियममा गरिएन । यो पटक यो समारोह कार्यक्रम लण्डनको प्रतिष्ठित लण्डन मलमा ओयोजना गरीयो जुन ठिक बकिंघम प्यालेस नजिक छ । यो कार्यक्रममा इङ्गल्याण्ड का राजपरिवारका सदस्यसहित महारानी पनि समावेश भए ।
यसको अलावा लण्डनमा आयोजित यो ओपनिंग सेरेमनीमा करीब ४ हजार फ्यानहरु उपस्थित भएका थिए जसलाई ब्यालेट प्रक्रिया अनुसार चुनिएको थियो । पछिल्लो यानी २०१५ विश्वकपको आयोजक अष्टेलिया र न्युजिल्याण्ड मिलेर गरेका थिए । त्यो बेला दुई वटा ओपनिङ सेरेमनीको आयोजना गरिएको थियो जस मध्ये एक अष्ट्रेलिया र दोस्रो न्युजिल्याण्डमा भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा