सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पश्चिमी अमेरीकी कोलोराडोका एक पर्वतारोहीले सगरमाथाको सफल आरोहण र हरेक महाद्धिपको सबैभन्दा अग्लो चुचरो चढ्ने आफनो सपना साकार पारेको केही समयमा नै मुत्यु भएको छ । पर्वतारोही क्रिस्टोफर कुलिशका भाई मार्क कुलिशले उक्त जानकारी दिएका हुन् ।
मार्कले बताए अनुसार, ६२ बर्षिय क्रिस्टोफर सगरमाथाको सफल आरोहणपछि उत्रने क्रममा एक शिविरमा सोमबार उनको मुत्यु भएको हो । मुत्युको कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मार्कले बताए कि क्रिस्टोफर एउटा सानो समुहसँग सगरमाथाको चुचुरोमा पुगेका थिए ।
मार्कले एक बयानमा भनेका छन कि उसको भाईले पृश्वीको सबैभन्दा अग्लो चुचुरोबाट आफनो जिवनको अन्तिम सुर्योदय देखे । त्यही समय उनी हरेक महाद्धीपको सबैभन्दा अग्लो चुचुरोलाई छुदै ‘७ समिट क्लब’ मा पनि समावेश भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा