सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोल, बैशाख २६ । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
यसैक्रममा, गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान दक्षिण कोरियाको सुरक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा