सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंः प्रहरीको ट्राफिक प्रहरी महाशाखाले शुक्रबार दिउँसो साढे ३ बजेदेखि वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन राष्ट्रपति लगायत अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको बुलेटिनमा ट्राफिक व्यवस्थापनका दृष्टिकोणले १५ः३० बजेदेखि महाराजगन्ज-लाजिम्पाट-लैनचउर-केशरमहल-दरबारमार्ग-जमल-न्यूरोड-भद्रकाली-सिंहदरबार-माइतिघर-नयाँ बानेश्वर सम्मको सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले वैकल्पीकमार्गको रुपमा महाराजगन्ज-बालुवाटार-नक्साल-जयनेपाल-कमलपोखरी-पुतलीसडक-अनामनगर-थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुरोध ।
—————————————————–
संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अतिविशिष्ट र विशिष्ट व्यक्तिज्यूहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर जाने कार्यक्रम रहेको हुँदा ट्राफिक व्यवस्थापनका दृष्टिकोणले १५:३० बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले बैकल्पिकमार्ग ( महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो ) प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरि दिन हुन अनुरोध गरिएको छ ।
बिस्तृत जानकारीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं. १०३ मा सम्पर्क गर्न हुन समेत अनुरोध गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा