सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ९ । परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा एसईई दोस्रोपटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो। चैत १० गते सुरु भएको एईईमा तीन विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार तीन विषयको प्रश्नपत्र बाहिरिएको थियो।
प्रश्न बाहिरिएपछि शिक्षा मन्त्रालयले त्यहाँ हुन बाँकी विषयको परीक्षा स्थगन गरी चैत २२ गतेदेखि सञ्चालन गरेको थियो। पहिलोपटक छापिसकेको प्रश्नपत्र खेर गएपछि अर्कोपटक छाप्दा लागेको खर्च, वरीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकसहित सुरक्षाकर्मी र कार्यालय सहायकलाई समेत दैनिक दिनुपर्ने भत्तालगायत शीर्षक यो रकम खर्च भएको हो।
‘परीक्षा रोकिएपछि पहिले छापेका सबै प्रश्नपत्र रद्द गर्नुपर्यो’, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीले भने, ‘विभिन्न शीर्षकमा खर्च गर्दा एक करोड दुई लाख रुपैयाँ थप भार थपियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा