सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगानिस्तानको बदगीस प्रान्तमा आतंककारी संगठन तालिबान विरुद्ध गएको शनिवारदेखी चलिरहेको सैन्य कारवाहिमा ९९ आतंककारी मरीसकेका छन् । यो मुठभेडमा १२ सैनिक शहिद र २४ जना घाइते भएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार यो जानकारी दिएको हो ।
बदगीसको बाला मुरगाब शहर नजिक तालिबानले गएको ४ अप्रिलदेखी सुरक्षाकर्मिका कैयौ स्थानमा कब्जा जमाएको थियो । त्यहाँबाट आतंककारीहरु सुरक्षा चेकपोस्टमा आक्रमण गरीरहेका थिए । सेनाले जब आतंककारीलाई भगाउनको लागी कारवाही शुरु गर्यो तब उनीहरुले रिहायशी इलाकाको आड लिएर आक्रमण गरे, जसको कारण सेना पछाडि हट्नु पर्यो ।
यसपछि अफगान सेना र अमेरीकी नेतृत्व भएको गठबन्धन फौजले हवाई आक्रमण गर्दे आतंककारीलाई परास्त गरेको थियो । तुर्कमेनिस्तानको सिमाबाट लागेको कारण बाला मुरगाब जिल्ला युद्ध नितिको रुपमा धेरै नै महत्व राख्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा