सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ४ । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ बर्षीया बालिकालाई जलाएर हत्या गरिएको छ ।
बुधबार राती बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा(दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुशार शरीरको अगाडि भाग पूरै जलेको अवस्थामा घरभन्दा ७ सय मिटर पर उखुबारीमा शव भेटिएको हो ।
‘प्रारम्भिक अनुसन्धानमा बालिकाको हत्या भएको देखिन्छ’, प्रहरी प्रमुख एसपी शेखर खनालले भने, ‘शरीर पुरै जलेको छ । हत्या मात्र हो कि बलात्कार पनि हो भन्ने बुझ्न पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौं ।’
शवको बिहीबार अवरान्ह जनकपुर अन्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । कान्तिपुर दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा