सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुस्ताङ, फागुन २। मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र सुरु भएको छ। यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ। फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ। जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ।
तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिए। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ।
लो घ्याकर दामोदरकुन्ड गाउँपालिकाका नौ विद्यालय र लोमान्थाङ गाउँपालिकाका १० विद्यालयमा पुसदेखि घुम्ती शत्र सञ्चलनमा छ। चिसोका कारण पठनपाठन सञ्चालन गर्न समस्या भएपछि घुम्ती शत्र सञ्चालन गरिएको हो।
जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल तथा भारततर्फ गएका मुस्ताङवासी फागुन लागेपछि घर फर्कने गर्छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा