सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ २ । टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा जारी खेलमा बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’लाई ९ विकेटले पराजित गर्दे समुह विजेता बनेको हो । यसैगरी समान अंक भए पनि रन रेटमा पछि परेको यूएइले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १९ रन बनाएको हो ।
मात्र २० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३ दशमलब ३ ओभरमा १ विकेट मात्र गुमाउदै लक्ष्य हासिल गर्यो ।
नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् ।
थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहिन । वार्ली सेनसङ ३ तथा मनातासेवै जेटो २ रन मै सिमित रहे ।
शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने आइतबारको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै, सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा चार खेल खेलेको नेपालले सबै खेलमा जित हासिल गर्दे ८ अङ्क जोडेको छ भने समान खेल खेलेको युएईले ६ अङ्क जोडेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा