सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लियोनल मेसीको शानदार ह्याट्रिकको मद्यतले एफसी बार्सिलोनाले स्पेनिश लीगको १६ औ यात्रामा लेभान्तेलाई ५–० ले पराजित गरेको छ । बार्सिलोनाको कोच एर्नेस्तो वल्बेर्देले आइतबार अवेर राति भएको यो म्याचको लागी ३–५–२ फर्मेशनको उपयोग गरे कारण नेल्सन सेमेडो घुडाको चोटका कारण म्याच खेल्न पाएका थिएनन् ।
लेभान्तेले म्याचको राम्रो शुरुवात गरे र पहिलो हाफमा गोल गर्ने केही मौका पनि बनाए । यता बार्सिलोनाले पहिलो हाफमै २ गोल गरे ।
पहिलो गोल ३५ औ मिनेटमा उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले गरे । ४३ औ मिनेटमा मेसीले म्याचमा आफनो पहिलो गोल गरे र आयोजक टिमको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको शुरुवात बार्सिलोनाको लागी शानदार रह्यो । ४७ औ मिनेटमा मेसीले म्याचको स्कोर ३–० गरे । मेसी यति मै रोकिएनन् र ६० औ मिनेटमा आफनो ह्याट्रिक पुरा गरे ।
खेलमा आफनो पकड बनाउदा पनि आयोजक टिमले आक्रमक खेल जारी राखे । बार्सिलोनाको लागी म्याचको अन्तिम गोल स्पेनिश डिफेन्डर जेरार्ड पीकेले ८८ औ मिनेटमा गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा