सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कतार करीब ६० बर्षसम्म “अर्गनाइजेशन अफ दि पेट्रोलियम एक्सपोट्रिङ कन्ट्रिज” (ओपीईसी) को सदस्य रहे पश्चात अब अगिल्लो महिनादेखी समुदायबाट बाहिरीने निर्णय लिएको छ । धोषणा अनुसार तेलद्धारा सम्मपन्न कतार १ जनवरी, २०१९ देखी ओपीईसीबाट बाहिरिनेछ ।
कतार अब नेचुरल ग्यासको उत्पादनमा बढि जोड दिनेछ । हाल, कतारमा बार्षिक नेचुरल ग्याँसको उत्पादन ७७ मिलियन टन हुने गरेको छ, जसबाट आउने दिनमा बढाएर ११० मिलियन गरिने योजना छ । कतार लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) को सबैभन्दा ठुलो सप्लायर हो । विश्वभरका करिब ३० प्रतिशत एलएनजी को उत्पादन कतारमै हुने गरेको छ ।
साउदी अरबको दबदबा विच १९६१ म यो समुहमा समावेश भएको कतार ओपेकबाट बाहिर निक्लने निर्णय अप्रत्याशित हो । कतार ओपेकबाट बाहिरिनुको कारण साउदी अरबको अगुवाईमा केही खाडी देशद्धारा उसँग दुरी बढाउनु स्वभावीक भएपनि उसको यो निर्णय केही अरु पनि इशारा गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा