सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, मंसिर २७ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा एनसिसि बैकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी का तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग एनसिसि बैंकका सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा