सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एक रियल स्टेट एसेस्ट कम्पनिका मालिक ३६.७ अरब डलरको नेटवर्थसँगै चीनका सबैभन्दा धनि ब्यक्ति बनेका छन् र उनले अलीबाबाका को–फाउण्डर ज्याक मा लाई पछाडि पारेका छन् ।
सोमबार समाचार एजेन्सि एफे न्युजको रीपोर्ट अनुसार, एवरग्रुपका मालिक शू जियायिन करीब ४२.५ अरब डलरका मालिक हुन् जबकी ज्याक मा को सम्पति ३५.४ अरब डलर र टेनसेन्ट का संस्थापक पोनीमा हुआटेन्गको सम्पति ३५.३ अरब डलर छ ।
फोर्ब्सको रियाल–टाइम सुचीमा विश्वका अरबपतिको सुचीमा शू २० औ स्थानमा परेका छन् भने ज्याक मा उनी भन्दा एक स्थान पछाडि छन् भने हुआटेंग २ स्थान पछाडि । रियल स्टेट दिग्गजलाई फोर्ब्सले २०१७ मा चीनका सबैभन्दा अमीर ब्यक्ति घोषणा गरेको थियो ।
चीनको सेक्युरीटीज जर्नल अनुसार, २०१८ मा उनको सम्पति केही घटेको बताइएको थियो । तर एभरग्रीनको शेयरमा आएको उछालले उनलाई दोस्रो पटक चीनको धनि ब्यक्तिको सुचीमा शीर्ष स्थानमा पुर्यायो, किनभने पछिल्लो महीनादेखी कम्पनिको शेयरमा लगातार उछाल जारी रहेको थियो । यो सुचीमा समावेश हुने पहिलो महिला यांग हुईयान परेकी छिन, जो प्रोपर्टि डेभलपर हुन र उनको सम्पति १८.२ अरब डलर छ ।
चीनको सबैभन्दा कम उमेरका अरबपति झांग यिमिंग (३४) बाइट्स का संस्थापक हुन् । बाइट्स एक टेक्नोलोजी कम्पनि हो जसले प्रसिद्ध एप डियोन (अन्तराष्ट्रिय बजारमा टिकटोक नामबाट प्रचलीत) विकसित गरेको छ । झांग को सम्पनि अनुमानित ६८ लाख डलर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा