सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कंगोका डाक्टर डेनिस मुकवेगे र यजीदी कार्यकर्ता नादिया मुरादलाई सोमबार नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । दुबैले संयुक्त रुपमा नोबेल पुरस्कार स्वीकार गर्दे आफनो भाषणमा युद्धग्रस्त क्षेत्रमा फसेका महिला र बच्चाको घटनामा उदासिन बनिरहेको प्रति अन्तराष्ट्रिय समुदायको आलोचना गरे ।
मुकवेगेले भने, “यदि एउटा युद्ध नै शुरु गर्नु छ भने यो निरासापन विरुद्धमा हुनु पर्दछ, किनभने यसले हाम्रो समाजलाई खाईरहेको छ “। उनले भने “हिंसाले हाम्रो मानवतालाई लज्जीत बनाउछ ।
यजीदी कार्यकर्ता मुरादले वैश्विक समुदायसँग जिहादीहरुको कब्जामा फसेका महिला र युवतीहरुलाई मुक्त गर्नको लागी सहयोगको अपिल गरे” । उनले अन्तराष्ट्रिय समुदायसँग असुरक्षित समुदायलाई सहयोग गर्नको लागी माग गरे । मुरादले आफनो भाषणको दौरान भावनालाई सम्हाल्ने कोशिश गर्दे भनिन् “मेरो विचारमा सबै पिडितहरुलाई त्यो बेलासम्म सुरक्षित ठेगाना प्रदान गर्नु पर्दछ जहिलेसम्म उनीहरुले न्याय पाउदैनन् “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा