सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २४। सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो ।
त्यस छलफल कार्यक्रममा संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै आइजीपी खनालको राजीनामा माग गरेकी हुन् ।
समितिको सोही बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क पनि गरिन् । उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अभिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भिर ध्यानाकर्षण गराइन् ।
सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न समेत गरेकी थिइन् । उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन् ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भईरहेको छ ।
छलफल कार्यक्रममा बोल्दैँ आइजीपी खनालले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा कुनै दबाव नरहेको बताएका छन् । तर, घटनामा संलग्न भएका आशंका लागेकालाई पक्राउ गर्दै सोधपुछ गर्नु पर्ने भएकाले हत्यारा पत्ता लाग्न समय लागेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा