सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हुम्ला, मंसिर २३। जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए ।
गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताए । ‘बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधिको अभाव भएको छ’, स्वास्थ्य प्रमुख बमले भने ।
स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए । स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका–२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन् ।
महिलालाई उधारो प्रसूति भत्ता : यसैबीच गाउँपालिकालाई केन्द्रबाट प्राप्त हुने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा यहाँका महिलाहरू उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन् । नियमानुसार हिमाली क्षेत्रमा महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ । सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको सङ्ख्या निक्कै बढेको छ ।
केन्द्रले अनुमानका आधारमा बजेट विनियोजन गरेर पठाउँदा अनुमान गरेको भन्दा पनि बढी महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो । सरकारले उपलब्ध गराउने प्रसूति भत्ता बच्चा जन्मेको ६ महिना पुग्दा पनि नपाएको गाउँपालिका–१ की लालशोभा बुढाले बताए ।
आर्थिक वर्ष २०७४/०७५ मा धेरै महिलाहरू प्रसूति भत्ता पाउनबाट बञ्चित भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । सो अवधिमा गाउँपालिकाका पाँच वटै बर्थिङ सेन्टरमा एकसय ८० बच्चा जन्माएकोमा एकसय जनाले मात्र सो भत्ता पाएको र बाँकी उधारो राखेको संयोजक धामीले बताए ।
केन्द्रबाट प्रसूति भत्ताका लागि दुई लाख पचास हजार बजेट आएको तर बर्थिङ सेन्टरमा बच्चा जन्माउने सङ्ख्या बढी भएकाले भत्ता नपुगेको उनले बताए ।–दाने बोहोरा, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा