सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनले एउटा सानो आकारको मल्टी–रोलर ड्रोन विकास गरेको छ जुन पाँच हजार मिटरको उचाईसम्म उडान भर्न सक्षम छ । चाइना हेलिकप्टर रिसर्च एण्ड डेभलपमेन्ट इस्टीच्युटले मंगलबार यो ड्रोनको सफल परिक्षण गर्दे सार्वजनिक गरेको हो ।
ब्याट्रिबाट चल्ने यो सानो ड्रोन पिच कंट्रोल प्रविधिबाट बनेको छ, यसले मानव रहित विमानको बजारमा अद्धितिय पहिचान दिने विश्वास लिइएको छ । एक्स–एम२० क्रेन नामक यो ड्रोनको वजन २० किलोग्राम छ , जसलाई उचाईमा भरिने उडाउनको लागी विशेष रुपमा डिजाइन गरिएको छ ।
योे साधारण हावाँहुरीलाई पनि झेल्न सक्षम छ । यो आफनो अधिकतम भारक क्षमतासँग ५ किलोमिटरसम्म उडान भर्न सक्छ । यसले १ घण्टासम्म उडान भर्न सक्छ ।
यो ड्रोनको पंखामा लगाइएको ब्लेड विशेष रुपमा तयार पारीएको छ, जसले विजुलीको खपत कम गर्छ । धेरै नै कम आवाज निकाल्ने विशेषताको कारण यसलाई सिमामा गस्ति तथा आतंकवाद विरुद्ध अपरेशनमा प्रयोग गर्न सकिन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा