सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हाई स्पिड कारको प्रयोगको लागी विश्वभर प्रख्यात दुबई पुलिसले आफनो उड्ने बाइक पनि समावेश गरेको छ । यसको नाम होवर बाइक हो जुन जमिनबाट १७ फिट उचाइमा ७० किलोमिटर प्रति घण्टाको रफतारमा उड्न सक्छ । यो बाइक प्रयोग पछि दुबई पुलिस पहिलो यस्तो पुलिस बनेको छ जोसँग उड्ने बाइक हुनेछ ।
होवर बाइक अधिकतम १६ फिटको उचाईमा ७० किलोमिटर प्रतिघण्टाको रफतारमा उड्न सक्छ । १३० किलोग्राम वजन लिएर उड्न सक्ने यो बाइकलाई एक पटक फुल चार्ज गर्दा २५ मिनेटसम्म उड्न सक्छ । बाइक कार पार्किङ गर्ने ठाउँमा सजिलै पार्किङ गर्न र त्यहीबाट उडान भर्न पनि सक्छ ।
के हो होवर बाइक ?
होवर बाइक ड्रोनको एउटा ठुलो आकार हो । बिच्छि जस्तै देखिने यो बाइकलाई रुसी कम्पनि होवर सर्फले बनाएको हो ।
लाइसन्स आवश्यक
कम्पनिको अनुसार संयुक्त राष्ट्र द्धारा निर्धारित ड्रोन उडाउने नियम अनुसार यसलाई उडाउने अनुमति छ, तर यसको प्रयोग गर्नको लागी तपाईले आफनो देशमा लाइसन्स लिनुपर्ने हुन्छ ।
जो कोहीले पनि खरिद गर्न सक्ने
यो बाइकलाई कोही कसैले पनि खरिद गर्न सक्छन् । कम्पनिले अहिले यसको मुल्य १.५ लाख डलर (१,७२,००० रुपैया) तोकेको छ । २०१९ मा होवर बाइकको एस–३ मोडल बजारमा आउने कम्पनिले जनाएको छ ।
बाइकले कसरी भर्नेछ उडान
होबर बाइक सानो हेलिकप्टर जस्तै छ । जसको चारैकुनामा पंखा लगाइएको छ । जसले यसलाई जमीनबाट १६ फिट माथिसम्म गएर उड्नेछ भने यसरीले यो बाइक अवतरण पनि गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा