सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २०। सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि पोखरा पल्टनले उचालेको छ। पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेटाएको थियो। पोखराका लागि ओपनर रवी इन्दर सिंहले ५८ बलमा ९० रन हाने। यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको चितवनले ५ विकेटको क्षतिमा १६० बनाएको थियो। कप्तान पारसले ३७ बलमा ५१ रन बनाएका थिए।
अर्का ब्याट्सम्यान सन्नी पटेलले २१ बलमा ४ छक्कासहित ४३ रन हानेका थिए। पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा