सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९। नेपालीहरुको महान पर्व बडादसैंमा यात्रुको सहजताका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको सरकारले दाबी गरेको छ । दशै मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडि सकेका छन् ।
दशैँको मौका छोपि बढि भाडा लिने गाडिहरुलाई पनि धमाधम कारबाही भइरहेको प्रहरी जनाएको छ । सरकारले बढी भाडा लिनेलाई कारबाही भइरहेको दाबी गरे पनि अनुमगन प्रभावकारी नहुँदा विभिन्न बाहनामा बढी भाडा तिर्नु परेको यात्रुले बताएका छन् । तर प्रहरीले १ रुपैयाँ बढी भाडा लिनेलाई कारबाही भइरहेकाले तुरुन्त खबर गर्न आग्रह गरेको छ ।
कुनै पनि गाडीले बढी भाडा लिए यातायात व्यवस्था विभागको हटलाइन नम्बर ९८५१२७३२२२ र प्रहरीको निःशुल्क नम्बर १०१ वा १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रहरीले जनाएको छ ।
उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा