सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरूद्दको खेल वर्षाले बीचमा नै बिथोलेपछि पूरा हुन पाएन । जसका कारण सिंगापुर र नेपालको समान अंक भए पनि रनरेटका आधारमा नेपाल विजेता बन्यो । शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो ।
दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा : सन्दीप लामिछाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।
यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा