सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रिन्स ह्यारी र मेगन मार्कलको भब्य विवाहको पाँच महिना पश्चात ब्रिटेनको शाही परिवारमा एउटा अर्को राजकीय विवाहको अवसर आएको छ, तर यो पटक यसलाई हेर्नको लागी कुनै पनि उत्साह छैन ।
महारानी एलिजाबेथ द्धितियको नातिनि राजकुमारी यूजीनाले शुक्रबार विडस्वर क्यासलमा ज्याक ब्रूक्सबैकसँग विवाह गर्देछिन् ।
दरबारमा महारानी एलिजाबेथ द्धितियको नाति ह्यारीको विवाह ब्रिटेन तथा विश्वभरका मानिसहरुले यसलाई हेरेका थिए । केही मानिसहरु २०११ म प्रिन्स विलियम को केटसँगको विवाहलाई पनि विर्सेका छैनन जसलाई देखेर राजकुमारी डायनाको अनुहार याद आउछ ।
शाही विवाहलाई सधै गम्भिरतासँग लिने बिबिसिले यो पटक भब्य विवाह समारोहको लाइभ प्रसारण गर्न अस्विकार गरेको खबर आएको छ । बिबिसिलाई रेटिङ खस्कने आशंका छ । बिबिसिका एक प्रवक्ताले एएफपीलाई बताए “यो पटक कुनै पनि टिप्पणी गर्ने छेनौ कि हामीले यसलाई अस्विकार गरेका छौ वा छैनौ” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा