भर्खरै

बलात्कार अभियोगमा १२ वर्षीय बालकलाई सुधारगृह पठाइयो


 October 10, 2018     सेतो खबर

पर्वत, असोज २४ । तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न, १२ वर्षीय बालक पनि बलात्कार जस्तो अपराधमा संलग्न हुन्छ भनेर । तर मुलुकभर बलात्कार र हत्याका घटना भइरहेका बेला ६ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् ।

बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन् । जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ का ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ ।

प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षण तथा निगरानीमा रहने गरी घर पठाएको थियो । रासस

LIC
LIC



Ime Inside