सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २३ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभरको खेलमा ४ विकेट गुमाउँदै १५० रन बनाएको हो।
नेपालका लागि सर्वाधिक अर्धसतकीय पारी खेलेका प्रदीप ऐरीले ६८ बलमा २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे।
अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे। करण केसीले ५ बलमा ११ रन जोडे।
भुटानका लागि थिन्ली जाम्सो, सन्जिभ गुरुङ, जिग्मे सिङगे, रमेश लिम्बुले १/१ विकेट लिएका लिए।
यसअघिका तीन खेल म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको नेपाल जित निकाल्ने दाउमा छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा