सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २० । कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अनुसार नियमिततर्फ ३ लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागि भएका थिए ।
नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् ।
। जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।
अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित थिए ।
परिक्षाफल www.neb.gov.np, www.neb.ntc.net.np र wwww.edunsanjal.com मा गएर हेर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा