सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लुका मोड्रिचले फिफा बर्षको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार जितेका छन् । मोड्रिचले एक दशकदेखी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले ब्यक्तिगत रुपमा कब्जा जमाएर बसेको वादशहतलाई समाप्त पारेका छन् ।
रियल मड्रिड तथा क्रोएशियाका मिडफिल्डर मोड्रिचले आफनो क्लब र देश दुबै तर्फबाट शानदार प्रदर्शन गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा रियलले लगातार तेस्रो पटक च्याम्पियन लीग जीतेको थियो जबकी क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो ।
मोड्रिचले भने “भावना हावी भईरहेका छन्, मलाई यो सफलतासम्म पुर्याउनको लागी भुमिका निर्वाह गर्ने प्रत्येका ब्यक्ति प्रति आभार ब्यक्त गर्दछु” ।
यो पुरस्कारको दौडमा मोड्रिचले मिस्रको स्ट्राइकर सलाह र रोनाल्डोलाई पछि पारेका हुन् ।
रोनाल्डो र मेसीले लण्डनमा भएको उक्त पुरस्कार समारोहमा भाग लिएका थिएनन् ।
दुबै जना युवेंटस र बार्सिलोनाको तर्फबाट बुधबार म्याच खेल्दैछन् । पुरस्कार वितरण समारोहमा उपस्थित नहुदा रोनाल्डो र मेसीको ब्यापक आलोचना गरिएको छ ।
मोड्रिचले भने “हरेकको आ–आफनो कारण हुन्छ, निश्चित रुपमा यदि उनीहरु यहाँ भएको भए मलाई धेरै राम्रो लाग्थ्यो तर उनीहरु यहाँ आएनन्” ।
मेसी र रोनाल्डोले पाँच–पाँच पटक यो पुरस्कार जितेका थिए ।
यस्तै महिला वर्ष फुटबलको अवार्ड ब्राजिल तथा ओरलाण्डोकी फरवार्ड मार्ताले जितिन् । फ्रान्सका डिडियर डेसच्याम्पस वर्षको उत्कृष्ट प्रशिक्षक भए । यस्तै महिला टिमको प्रशिक्षकको उत्कृष्ट अवार्ड फ्रान्सेली पुरुष फुटबल टिमका पूर्व मिडफिल्डर रेनल्ड पेड्रोसले जिते ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा