सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ८। सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण जिम्मा फेरि चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेसँगै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।
बाबुरामले यस्तो ट्वीट गरेका छन् : ‘बूढीगण्डकी जस्तो दीर्घकालीन महत्त्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ’,
‘देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो’, भट्टराईले सरकारले गेजुवालाई दिने भनेर गरेको निर्णय गलत भएको दाबी गर्दै भनेका छन् ।
बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ! देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो।#SaveBudhigandaki https://t.co/AR06FVWPfR
— Baburam Bhattarai (@brb1954) September 24, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा