सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ७ । डिआईजीबाट एआर्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा आईजीपी सर्वेन्द्र खनालले उनीहरुलाई एआईजीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा समितिले गरेको सिफारिसअनुसार एआइजीमा बढुवा भएका डिआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले दर्ज्यानी चिन्ह लगाएका हुन्। कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी तोकिएको छ ।
एआईजीमा प्रतिस्पर्धी रहेका डिआईजीद्धय मनोज नेउपाने र सुरेशविक्रम शाह भने बढुवा हुन सकेनन् । सरकारले एआईजीको संख्या तीन कायम गर्दा उनीहरु छुटेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा