सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ६ । सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका ३ डिआइजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाको निर्णय गरेको हो।
तिनै जनालाई बढुवासँगै जिम्मेवारी पनि तोकिएको छ। कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ।
सरकारले भारतीय अपराधीबाट हत्या गरिएका सुनसरीका अन्सारी खुर्सिदलाई सहिद घोषणा गरेको छ भने परिवारलाई १० लाख राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा संञ्चार मन्त्रि गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।
त्यस्तै, माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत् बनाउने निर्णय भएको छ।
यस्तै मन्त्रिपरिषद्ले एक थिंकट्यांक पनि गठन गरेको छ । नेपाल नीति निर्माण प्रतिष्ठान नामको सो थिंक ट्यांकमा प्रा डा. चैतन्य मिश्रको नेतृत्वमा डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने बताइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा