सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भद्रपुर, असोज ५। कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोजक प्रदीप गजमेरले जानकारी दिए ।
कनकाई सचेत युवा क्लब र ह्वाईट वास क्रिकेट क्लब कनकाईको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको विजेतालाई रु ५१ हजार तथा उपविजेतालाई रु ३१ हजार पुरस्कार प्रदान गरिनेछ । विजेताका लागि टिभिएस र उपविजेतालाई अम्विका गौरी ओली प्रतिष्ठानले पुरस्कार प्रायोजन गरेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा