सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्योगयांग, रायटर । उत्तर कोरीयाका सर्वोच्च नेता किम जोंग उन र दक्षिण कोरीयाका राष्ट्रपति मुन जे इन ले आफनो तिन दिवसीय शिखर वार्ताको अन्तिम दिन विहिवार उत्तर कोरीयाको पवित्र पहाड माउंट पेक्टुको भ्रमण गरेका छन् ।
दुबै जना सडक मार्गदेखी त्यो ज्वालामुखी पर्वतको शिखरमा पुगे र हात मिलाएर विजयी मुद्रा बनाए । मुन मंगलबार उत्तर कोरीयाको राजधानी पुगेका थिए । त्यो बेलादेखी किमसँग केयौ मुद्धामा वार्तामा दुबै देशको सम्बन्ध प्रगाढ गर्नको लागी केयौ सम्झौतामा सहमती गरे । किम र मुन विच यो बर्ष तेस्रो पटक शिखर वार्ता भएको थियो ।
पत्नीहरुसँग माउंट पेक्टुमा घुमे
किम र मुनले केबल कारबाटै पहाडमा रहेको रमणीय तालको सुन्दरता हेरे र आफनो पत्नीहरुसँग घुमे । यही दौरान दुबै पक्षका अधिकारी पनि समावेश थिए । यो यात्राको कैयौ तस्विर पनि सार्वजनिक भए । एउटा तस्विरमा मुन तालबाट बोतलमा पानी भरीरहेको देखिएका थिए ।
माउंट पेक्टुको महत्व
चीन र उत्तर कोरीयाको सीमामा रहेको माउंट पेक्टु २,७४४ मिटर अग्लो छ । यो एउटा सक्रिय ज्वालामुखी हो । कोरीयाली मानिसहरुको पौराणिक कथा अनुसार, यो प्राचीन कोरीयाली साम्राज्यको संंस्थापक डेगनको जन्मस्थान हो ।
पहाडमा मुनले किमलाई भने
– दक्षिण कोरीयाका मानिसहरु माउंट पेक्टुमा चीनबाट पनि प्रस्थान गर्न सक्छन् तर मैले यस्तो नगर्ने निर्णय गरेको थिए ।
– मैले आफुले आफैलाई वाचा गरेको थिए कि म आफनो धर्तिकै बाटो भएर यो पहाडमा जान्छु । तर समय वितेसँगै मलाई लागेको थियो कि मेरो इच्छा अधुरै रहनेछ तर आज मेरो यो इच्छा पुरा भएको छ ।
किमले मुनलाई भने
– चीनीया मानिसहरु सधै ईष्र्या गर्छन किनभने उनीहरु आफनो बाटो भएर यो तालसम्म पुग्न सक्दैनन थे तर हामी यहाँ सजिलै आफनो बाटो भएर पुग्न सक्छौ ।
– हामीले यो दिब्य ताललाई प्रतिबिम्बित गर्दे उत्तर र दक्षिण कोरीया बिच इतिहासको एउटा अर्को अध्याय लेख्नु पर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा