भर्खरै

नुवाकोटका पहिरो पीडितलाई राहत वितरण, सयौंँ रोपनीमा लगाइएको खेती बगायो


 September 16, 2018     सेतो खबर

नुवाकोट, भदौ ३१। दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदी, चेताङका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले गाउँमै पुगेर पीडितलाई नगद राहत वितरण गरेका हुन् । पहिराको कारण घर पूर्णरुपमा क्षति भएका ११ परिवारलाई रु २० हजारका दरले रकम प्रदान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट घर भत्किएका परिवारलाई रु १० हजार र गाउँपालिकाबाट रु १० हजारका दरले राहत दिइएको हो ।

पहिराले घर नभत्काएपछि जोखिमका कारण घर छाडेर विस्थापित २५ परिवारलाई गाउँपालिकाले जनही रु पाँच हजारका दरले राहत वितरण गरिएको छ । चेताङ पहिरोबाट विस्थापित भएकाहरुलाई नजीकैको घ्यावर चौरमा बस्ने र खाने बन्दोबस्त मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार बुधबार गएको पहिराले सयौंँ रोपनीमा खेती लगाइएको जग्गासमेत बगाएको छ । आठ किलोवाट, सात किलोवाट र पाँच किलोवाटका तीन लघु जलविद्युत् केन्द्र तथा स्थानीय मांगेन खोलामा रहेका तीन झोलुङ्गे पुलसमेत बगेका छन् ।

ctzn
LIC



Ime Inside