सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र २९ । भारत र नेपालको विच धार्मिक पर्यटनलाई बढावा दिने उदेश्यले विहिवार काठमाण्डौ र बोधगया विच सिधा बस सेवा शुरु भएको छ । काठमाण्डौको बौद्ध स्तूप स्वयंभुबाट नेपालका यातायात मन्त्रि रघुविब महासेठ र नेपालका लागी भारतीय राजदुत मैजीव सिंह पुरीले संयुक्त रुपमा हरियो झण्डा देखाएर बस सेवा शुरु गरेका हुन् ।
बस बिहिवार नै काठमाण्डौबाट बोधगयाको लागी छुटेको छ । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपालको पहिलो आधिकारीक यात्राको दौरान २०१४ मा यी दुई देश बिच बस सेवा सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर पश्चात यो अहिलेसम्म नेपाल र भारत बिच शुरु गरिएको पाँचौ सिधा बस सेवा हो ।
पहिलो सञ्चालन भएको बसमा १० जना यात्रीले सवार गरेका छन् भने बस काठमाण्डौबाट पटना हुदै बोधगया पुग्नेछ । उक्त बस सेवाको लागी टिकट बुकिङ अनलाइन मार्फत गर्न सकिनेछ भने बसमा फ्रि वाई–फाई सुविधा उपलब्ध हुनेछ । जनकपुरदेखी पटनाबिच छैटौ नेपाल–भारत बस सेवा आइतबारदेखी शुरु हुदैछ ।
नेपाल भारत विच अन्य चार सिधा बस सेवा काठमाण्डौ–दिल्लि, काठमाण्डौ–वाराणसी, पोखरा–दिल्लि र महेन्द्रनगर–दिल्लि रुटमा बस चलिरहेको छ । उक्त अवसरमा मन्त्रि महासेठले उक्त बस सेवाबाट दुबै देशमा केबल पर्यटनलाई मात्र बढावा मिल्नेछैन यो सेवाले दुबै देशका जनताहरु विचको सम्बन्ध पनि मजबुत हुने विश्वास ब्यक्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा