सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शोशल मिडिया प्लेटफर्म फेसबुकलाई अर्को ठुलो झट्का लागेको छ । क्याब्रिज एनालिटिका डाटा लीक विवादपछि युवाहरु प्रति फेसबुकको लोकप्रियतामा कमि आएको छ ।
अमेरीकी Pew survey अनुसार, १८ देखी २९ बर्षविचका धेरैजसो युवाहरुले फेसबुक एपलाई आफनो स्मार्टफोनबाट डिलेट गरेका छन् । करीब ३,४०० अमेरीकी युवाहरुको विच गरीएको सर्वे पछि यो आकडा अगाडि आएको हो । फेसबुकको प्रयोग नगर्ने युवाहरुमध्ये २६ प्रतिशत युवाहरुले फेसबुक एपलाई पुरै डिलेट गरेका छन् । जबकी ४२ प्रतिशत युवाहरुले फेसबुकबाट तत्काललाई विदा लिएका छन् यानी यसको प्रयोग गरीरहेका छैनन् ।
यद्यपी, यो सर्बेमा फेसबुकको स्वामित्व भएको ंइंस्टाग्राम, वाटस्एप र मेसेन्जर एप युजर्स सहभागी थिएनन् । विश्वभरी नै यो एप धेरै नै लोकप्रिय छ । फेसबुक प्रति युवाहरुको उदासिनता यो बर्षको शुरुवातमा क्याम्ब्रिज ऐनालिटिका विवाद पछि आएको हो । Pew survey ले यो बर्ष मे र जुन महिनामा ३,४०० भन्दा बढि अमेरीकी युजर्स विच सर्वे गरेको छ । यो सर्वे मा करीब ५४ प्रतिशत युवाहरुले आफनो फेसबुकको प्राइभेसी सेटिङ पनि बद्लेका छन् ।
यो रिपोर्ट अनुसार, फेसबुकका कैयौ युजर्स आजकाल फेसबुकको प्रयोग कम गर्न थालेका छन् । अमेरीकी सुरक्षा एजेन्सि एफविआई का अनुसार फेसबुकमा अभद्र भाषा बढ्दै गएको छ साथै रुसका केही ह्याकरले २०१६ मा भएको अमेरीकी राष्ट्रपति चुनावमा फेसबुकद्धारा प्रभावीत गर्ने कोशिश पनि गरेका थिए ।
यसको लागी क्याम्ब्रिज एनालिटिकाद्धारा फेसबुक युजर्सको डाँटाको गलत प्रयोग गरीयो । विभिन्न कारणले यो बर्षको शुरुवातमा फेसबुकले धेरै नै झमेला झेल्नु परेको थियो । त्यसपछि फेसबुकका सिईओ मार्क जुकरवर्गले माफी पनि माग्नु परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा